News and Activities
हेल्प फर नेपाल एक चिनारी
बि.सं २०७२ (सन २०१५) सालको भूकम्पले नेपालमा ठुलो क्षति पुर्यायो। देश विदेश सबै तिरबाट सहयोग हुन थाल्यो। यसैबिच बेलायतको अक्सफोर्ड क्षेत्रमा बस्नुहुने नेपालीहरुले पनि निकै ठुलो रकम संकलन गरि धादिङको एक क्षतिग्रस्त बिधालय पुन: निर्माण गर्न सफल हुनु भएको थियो। सोही समय देखि अक्सफोर्डमा रहनुहुने केहि स्वयंसेवकहरुको विशेष पहलमा नेपालमा शिक्षा, स्वास्थ्य एवं गरिबीको क्षेत्रमा अति नै दु:ख पाएका व्यक्ति विशेष तथा संघ संगठनहरुलाई केहि हद सम्म भएपनि सहयोग पुर्याई पिडितहरुको जीवनमा सकारात्मक परिबर्तन ल्याउने उद्देश्यले बेलायतको अक्सफोर्डमा मा दर्ता भएको एक परोपकारी सस्था हो HELP FOR NEPAL.
हेल्प फर नेपाल आफैमा एक परोपकारी सँस्था हो र यो कुनै पनि राजनैतिक पार्टी तथा सँस्थाको छ्त्रछायाँमा नरही विभिन्न ब्यक्ति एवं सँस्थाहरुको निरन्तर सहयोगमा पुर्णरुपले नेपालको लागि समर्पित भै परोपकारी कार्यहरू गर्नको लागि समर्पित एक विशुद्ध परोपकारी सँस्था हो। अत: सम्पूर्ण संघसंस्था साथै व्यक्ति बिशेषहरुलाई हाम्रो यस संस्थामा सहभागी भै सक्दो सहयोग गर्नको लागि हार्दिक अपील गर्दछौं।
हेल्प फर नेपाल कसको लागि?
हेल्प फ़र नेपाल तपाई हामी सबैको एक साझा सँस्था हो। तपाई हामी सबैलाई हाम्रो मातृभुमिको माया नलाग्ने त कुरै भएन। यदि तपाईंहरू नेपालको कुनै पनि क्षेत्रमा गरिबीले पिल्सिएका, शिक्षा तथा स्वास्थ्यको साधारण सुबिधा समेत नपाएकाहरुलाई केहि हदसम्म भएपनि सहयोग गरि तिनीहरुको जीवनमा सकारात्मक परिबर्तन ल्याउन चाहनु हुन्छ भने यो हेल्प फर नेपाल तपाईंहरूको लागि हो। अनि ती गरिबीले पिल्सिएका साथै साधारण शिक्षा तथा स्वास्थ्यको सुबिधाबाट बन्चित भएकाहरू सबैको लागि पनि हो, यो हेल्प फर नेपाल। तसर्थ, आउनुहोस् हातेमालो गरि परोपकारी काम गरौं, दु:खी, पिडित र पिछडिएकाहरुको जीवनमा सकारात्मक परिबर्तन ल्याउनको लागि निस्वार्थ भावनाले काम गरौं।
यस संस्थाको सदस्यता कसरी लिने?
यो बेलायत मा दर्ता भएको एक परोपकारी सँस्था (Registered Charity) हो। यी तल उल्लेखित कुनै पनि माध्यमबाट यस संस्थाको सदस्यता लिन सक्नुहुनेछ :
१. हेल्प फ़र नेपालका सदस्यहरु सँग सम्पर्क राख्ने।
२. हेल्प फ़र नेपालको online फारम भरेर पठाउने।
३. info@help4nepal.org.uk or
help4nepalese@gmail .com मा तपाइको नाम र ठेगाना राखी इमेल पठाउने।
४. अथवा 237 Cowley Road, Oxford, OX4 1XG मा हामी लाई पत्र पठाउन सक्नुहुन्छ।
यो परोपकारी सँस्था चन्दा, अनुदान अनि मासिक सदस्यता को शुल्कबाट चल्ने हुनाले सदस्यता लिएपछि महिना को कम्तिमा £5 तिर्नु पर्ने हुन्छ।
हेल्प फर नेपालको अहिले सम्मको यात्रा छोटकरीमा
हेल्प फर नेपाल नेपालमा शिक्षा, स्वास्थ्य र गरिबीको क्षेत्रमा अति नै दु:ख पाएका व्यक्ति विशेष तथा सोही कार्यमा संलग्न संघ संगठनहरुलाई केहि हदसम्म भएपनि सहयोग पुर्याउने उद्देश्यले सन २०१७ मा एक परोपकारी कम्पनिको रुपमा सुरु भएको थियो। यसका संस्थापक सदस्यहरू तथा स्वयंसेवकहरुको निस्वार्थ अनि परोपकारी कार्यको परिणाम स्वरूप यो संस्था सन २०१९ को डिसेम्बरमा पुर्णरुपमा च्यारिटीमा दर्ता हुन सफल भएको थियो।
यो एकदमै नयाँ सस्था हो जसमा कुनै तलब खाने कर्मचारी हरु छैनन्। यो केवल स्वयंसेवकहरुले संचालन गरेको परोपकारी संस्था हो जसले सकेसम्म सिधै मैदानमा दु:ख पाउनेहरुको लागि सहयोग पुर्याउने उद्देश्यले काम गरिरहेको छ। स्थापना भएको छोटो समयमा नै यस संस्थाले केहि प्रसंसनिय कार्यहरू गर्न सफल भएको छ। ति मध्ये केहि यस प्रकार छन् :
देवघाट चितवनमा मेडिकल क्याम्प – हेल्प फर नेपालले फेब्रवरी २०१९ मा देवघाट चितवनमा एक दिने बृहत मेडिकल क्याम्प संचालन गरि देवघाट तथा वरीपरि रहने बृद्धबृद्दा एवं अनाथ बालबालिकाहरुको निःशुल्क स्वास्थ्य जाँच गरि निशुल्क औषधी उपचार उपलब्ध गराउनुको साथै निःशुल्क खानपानको पनि ब्यबस्था गरेको थियो। उक्त कार्यक्रममा हेल्प फर नेपालको तर्फबाट श्रीमती भिम कला ज्ञवाली र श्री प्रेम कँडेल उपस्थित हुनु भएको थियो।
बाडी पहिरो पिडितलाई सहयोग – हेल्प फर नेपालले सेप्टेम्बर २०१९ मा गुल्मी जिल्लामा गएको भिषण बाढी पहिरोले क्षती पुर्याएको ठाउँमा राहत स्वरुप रु २ लाख ९ हजार ३ सय २२ रुपैयाँ नगदको सहयोग गरेको थियो। उक्त राहत रकम हाम्रा उपसभापति श्री चित्र थापाले मैदानमा नै पुगी स्थानीय जनप्रतिनिधीको रोहवरमा पीडितहरूलाई हस्तान्तरण गर्नु भएको थियो।
बाल शान्तिगृह (चिल्ड्रेन पीस होम) को लागि सहयोग – हेल्प फर नेपालले नोवेम्बर २०२० मा पश्चिम नेपालको घडेरी, पर्सा, दांगमा रहेको परोपकारी संस्था बाल शान्तिगृह (चिल्ड्रेन पीस होम) को लागि ४ लाख ६६ हजार १ सय ९६ रुपैयाँ नगदको सहयोग प्रदान गरेको थियो । उक्त बाल गृहले दाङको तराई उपत्यकामा रहेका अनाथ, गरिब तथा पिछडिएका जाति समुदायका साथै विभिन्न प्रकारका घरेलु हिंसाबाट पिडित स–साना बालबालिकाहरुलाई निःशुल्क आवास, हेरचाह, संरक्षण, शिक्षा, र व्यावसायिक प्रशिक्षण प्रदान गर्दै आएको छ।
दलित समुदायको उत्थानको लागि रु १ लाख ३० हजार नगद सहयोग
हेल्प फर नेपालले अप्रिल २०२१ मा एसका सक्रिय सदश्य मेजर सुर्य उपाध्याय ज्युको सक्रियतामा टाइड टर्नर फिल्म्सको सहयोग मा सनिबार १० अप्रिल २०२१ का दिन दलित समुदायको उत्थानको लागि परोपकारी सिनेमा कार्यक्रम गरिएको थियो। युक्त कार्यक्रममा उठेको रकममा थप थाप गरि हेल्प फर नेपालले मे २०२१ मा पश्चिमको गोराही दाङ् र पूर्वको जगरनाथपुर पर्शामा गरि दुई दलित समुदायको उत्थानको लागि रु १ लाख ३० हजार बराबरको नगद प्रदान गरेको थियो ।
राष्ट्रिय आविष्कार केन्द्रलाइ ६ लाखको नगद सहयोग
हेल्प फर नेपालले मे २०२० मा नेपालमा दिन प्रतिदिन बढदै गईरहेको कोरोनाको प्रकोपले अस्तव्यस्त भएको जनजीवन लाई सहयोग गर्नको लागि पीपीई उत्पादन गरि विभिन्न ठाउंमा वितरण गर्न, अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउनुका साथै अस्पतालहरुमा बिग्रिएर रहेका अक्सिजन प्लान्ट र भेन्टिलेटर मर्मत गरी तत्काल राहत पुर्याउनको लागि राष्ट्रिय आविष्कार केन्द्रलाइ ६ लाखको नगद सहयोग प्रदान गरेको थियो।
मनिटु सँग सहकार्यको लागि सहमति
जुलाई २०२१ मा मनिटुले उसका विज्ञापन हरुमा हेल्प फर नेपालको नाम र लोगो समाबेस गरि सेप्टेम्बर महिना भरि प्रचार प्रशार तथा विज्ञापन गर्ने र उक्त महिनामा बेलायेत देखि नेपालमा पैसा पठाएको संख्या (प्रतेक सफल करोबार) को आधारमा हेल्प फर नेपाललाई £१ दिने गरि सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार हेल्प फर नेपालले £३६१ प्राप्त गरेको थियो।
बाढी पहिरो पीडितका लागि रु २ लाख १५ हजार नगद सहयोग
जुलाई २०२१ – राष्ट्रिय आविष्कार केन्द्रलाइ ६ लाखको नगद सहयोग गरेको छोटो समयमानै हेल्प फर नेपालले मेलम्ची इन्द्रावती खोला बाढी पहिरो उद्दार राहत तथा पुनर्बासका लागि रु २ लाख १५ हजार १ सय ८० नगद सहयोग गरेको थियो ।
बार्षिक आम्दानी खर्चको प्रतिबेदन
३ सेप्टेम्बर २०२१ मा हेल्प फर नेपालले एसको पहिलो बार्षिक आम्दानी खर्चको हिसाब किताबको प्रतिबेदन च्यारिटी कमिशनमा पठाएको थियो। यो पहिलो बार्षिक आम्दानी खर्चको प्रतिबेदन एस प्रकार थियो :
क. आम्दानी: £४,७१९ ख. खर्च: £३१९८
नागर्जुन सिकाई केन्द्र सँग सहकार्य
१२ सेप्टेम्बर २०२१ मा इमेरिटस प्रोफेसर नाइजल ग्रुमको अनुरोधमा हेल्प फर नेपालका ट्रस्टी हरुले नागर्जुन सिकाई केन्द्र सँग शिक्षा, स्वास्थ्य र गरिबी सँग सम्बन्धित कार्य हरुमा सहकार्य गर्नको लागि सहमति गरेका थिय। नागर्जुन सिकाई केन्द्र समाज कल्याण परिषदमा दर्ता (५११०३) भएको एक परोपकारी सँस्था हो। नागर्जुन सिकाई केन्द्रको भवन बनाउनको लागि निकै ठुलो रकम सहयोग गरेका नाइजल ग्रुमले हेल्प फर नेपालको माध्यम बाट एस सिकाई केन्द्रमा आबश्यक पर्ने कम्पुटर, प्रिन्टर, CCTV क्यामेरा र इन्टरनेट को बन्दोबस्थ मिलाउन को लागी ४ हजार पौण्ड दिनुको साथै शिक्षण कार्यक्रम संचालन गर्नको लागि १ बर्षको शिक्षकको तलब पनि उपलब्ध गराई दिने भएका छन्।
निशुल्क स्वास्थ्य शिविर
नागार्जुन लर्निङ सेन्टरले हेल्प फर नेपाल र लाएंस क्लब भक्तपुर फार्मिसिस्ट को सहभागितामा १ अक्टोबर देखि ३ दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो। कोरोना को प्रकोप तिब्र हुदै गरेको समय भएता पनि कार्यक्रम ज्यादै सफल भएको थियो जसमा ३०० भन्दा बढी गाउँलेहरूले भाग लिएका थिय।
युक्त स्वास्थ्य शिविर श्रीजन सिम्खडा र शम्झना बासुकलाको नेत्रित्योमा भएको थियो। कार्यक्रम संचालन को लागि आबश्यक चिकित्सक, नर्स तथा अन्य स्वास्थ्य स्वयंसेवकहरुको राम्रो बन्दोबस्त गरि निसुल्क स्वास्थ्य परिक्षण गरि आवश्यकता अनुसार निसुल्क औषधि पनि वितरण गरिएको थियो। धादिंग को सालदुम गाउँ को नवनिर्मित नागार्जुन लर्निङ सेन्टरमा भएको यो पहिलो औपचारिक कार्यक्रम थियो।
जाजरकोटका भूकम्प पीडित र हिकमत बादी आश्रमलाई आर्थिक सहयोग
तपाई हाम्रो सहयोग थोरै भएपनि ठाउमा पुगेको देख्न पाउदा खुसि लागेको छ। तपाई हामी सबैले सहयोग नगरेको भए यो सम्भब थिएन, तेसैले सम्पूर्ण सहयोगी मनहरुलाइ धेरै धेरै धन्यवाद साथै श्री चित्र थापा ज्यु लाई समय निकाली यो राहत कार्यको लागि सुदुर पश्चिम सम्म पुग्नु भएकोमा धेरै धेरै धन्यवाद।
अन्त्यमा तपाई हामी सबैको सहयोगमा उठेको रकममा उत्तिनै रकम थप्न सहमत हुनुहुने Help For Nepal का सम्पूर्ण मित्रहरुलाई पनि धेरै धेरै धन्यवाद नत्रभने हाम्रो यो सहयोग निकै सानो हुने थियो।